images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • शिवश्री हाइड्रोपावरको हकप्रद सेयरका लागि बुक...

शिवश्री हाइड्रोपावरको हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय

शिवश्री हाइड्रोपावरको हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले यही साउन १६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ १५ गतेसम्म कायम सेयरधनीले यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

    images
    images

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ। कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबर हकप्रद सेयर जारी गर्नेछ।

    कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ। कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend