images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री...

होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । चितवनमा अवस्थित होटल सिराइचुली लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

    images
    images

    सम्झौतामा होटल सिराइचुली लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष चुडामणी खनाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।पर्यटकीय नगरी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलाले युक्त चार तारे होटल हो जसमा समकालीन आवास, मल्टिकुजिन रेष्टुरेन्ट, ३ बैक्वट हल, ५ वटा बोर्डरुमहरु, इन्फिनिटी स्विमिङ्ग पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा सहित उच्चस्तरीय सुविधा सम्पन्न कोठाहरु रहेका छन् ।

    चितवनको व्यस्त शहरको बीच भागमा रहेको होटल सिराइचुलीबाट हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ भने उत्कृष्ट आतिथ्यताको लागि अत्याधुनिक सजावटका साथ तयार गरिएका कोठाहरु र सुइटहरुमा बसोबास गरी आफ्नो यात्राको थकानलाई मेटाउन सकिने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend