images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डद्वारा शिवश्री हाइड्रोपावरलाई हकप्रद शेयर...

धितोपत्र बोर्डद्वारा शिवश्री हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासनको अनुमति

धितोपत्र बोर्डद्वारा शिवश्री हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासनको अनुमति

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले साउन ४ गते, आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो ।  सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित बिद्युत उत्पादन गरिरहेको छ । 

    images
    images

    शिवश्री हाइड्रोपावरले हालको चुक्ता पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १०० प्रतिशत हकप्रद शेयर ( १.१  अनुपातमा ) निष्कासन गर्ने स्वीकृति पाएको छ । यसको अर्थ, शेयरधनीले एक कित्ता बराबर थप एक कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन्। सिटिजन्स क्यापिटल यस हकप्रद निष्कासनको बिक्री प्रबन्धकको रूपमा रहेको छ ।

    शिवश्री हाइड्रोपावर लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत नेपालमा दर्ता भएको र निगमित सीमित कम्पनी हो । २७ मंसिर २०७३ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो । कम्पनीले २२.२ मेगावाट जडित क्षमताको परियोजना निर्माणको लागि माथिल्लो चाकु ‘ए’ जलविद्युत परियोजनाको लागि उत्पादन इजाजतपत्र प्राप्त गरेको थियो । २२ भदौ २०६७ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend