images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सशस्त्र प्रहरीका १० निरीक्षकहरूको काज सरूवा...

सशस्त्र प्रहरीका १० निरीक्षकहरूको काज सरूवा (सूचिसहित)

सशस्त्र प्रहरीका १० निरीक्षकहरूको काज सरूवा (सूचिसहित)

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौंः गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक(डिआईजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ। प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ।

    images
    images

    सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ।

    त्यस्तैगरी एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भुपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

    images
    images

    त्यस्तैगरी एसएसपीहरू कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथिभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई सीमा सुरक्षा तालिम सिक्षालय नवलपरासीबाट प्रधान कार्यालय कार्य विभाग, उद्दवबहादुर न्यौपानेलाई प्रधान कार्यालय भण्डार महाशाखाबाट पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ्ग र किरण ढुंगानालाई बैधनाथ बाहिनी मुख्यालय कैलालीबाट प्रधान कार्यालय सीमा सुरक्षा विभागमा सरुवा गरिएको जनाइएको छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend