images

२०८३ आश्विन १५ गते

images
images
images

कामना सेवा विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

कामना सेवा विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ५८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९.१९ प्रतिशतले बढेको छ। 

    images
    images

    समीक्षा समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड १२ लाख रुपैयाँ रहेको थियो। समीक्षा वर्ष बैंकले १७।३० प्रतिशत लाभांश क्षमता बनाएको छ।समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ९८ करोड ६९ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ९६ करोड ७८ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि १.९७ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १३ करोड २५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेको छ।चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ६० करोड ७४ लाख रुपैयाँ र १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा क्रमशः ४१ करोड १२ लाख रुपैयाँ र १ अर्ब ६९ करोड १९ लाख रुपैयाँ थियो।समीक्षा अवधिसम्म बैंकले ६२ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

    images
    images

    समीक्षा वर्षमा बैंकले खराब कर्जा अनुपात सामान्य बढेर ३.३८ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.३६ प्रतिशत थियो।बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १८.१० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.७३ रुपैयाँमा सीमित थियो। पीई रेसियो २७.६९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ।

    देशभर १३० शाखा रहेको बैंकले डिजिटल प्रविधिमा आधारित भई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ। बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्नको लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दर्ता गरिसकेको छ । धितोपत्र वोर्डको स्विकृती पश्चात आवश्यक प्रकृया पुरा गरि शेयर जारी गर्ने बैंकले जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend