images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद...

जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.६५ अनुपात (६५ प्रतिशत) मा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा असार ७ गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

    images
    images

    जोशीको हकप्रद सेयरमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । भदौ ४ गतेसम्म आवेदन दिन सकिन्छ । यो हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, काठमाडौं, जोशी हाइड्रोपावरको कार्यालय नयाँ बानेश्वर, काठमाडौं र लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । 

    कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend