images

२०८३ आश्विन १६ गते

images
images
images

ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्दै

ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्दै

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • युवाहरू रोजगारी तथा अध्ययनका लागि विदेशिँदा ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्ने टीकापुरका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । छोराछोरी उच्च शिक्षा अध्ययन तथा वैदेशिक रोजगारीका लागि विदेशिँदा नेपालमा रहेका ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्न थालेको स्थानीय हिरासिंह विष्टले बताउनुभयो । “अब हामीले ज्येष्ठ नागरिक स्याहार केन्द्रहरू सुविधासम्पन्न बनाउनुपर्छ, हरेक घरका युवा विदेशिन थालेकाले हामीलाई पछि समस्या हुन्छ”, उहाँले भन्नुभयो, “सन्तानले रकम दिने तर समय दिन नसक्ने अवस्था आएकाले बुढेसकालमा वृद्ध सेवा समितिमा बस्न सकिन्छ, त्यसैले यहाँ धनीवर्गबाट लगानी हुनुपर्छ ।”

    images
    images

    टीकापुरस्थित वृद्ध सेवा समितिमा भएको छलफलमा बोल्ने वक्ताहरूले विगतमा जस्तो अब नेपाली आमाबुबाले छोराछोरीबाट राम्रो स्याहार पाउन कठिन हुनेमा चिन्ता गरेका छन् । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन लुहार विकले ज्येष्ठ नागरिकका अनुभव युवाले लिनुपर्ने बताउनुभयो । वडाध्यक्ष विकले १२ कक्षापछि बालबालिका विदशिने क्रम बढेकाले ज्येष्ठ नागरिकको सीप, ज्ञान युवाले लिन नपाउने, ज्येष्ठ नागरिकले पनि स्याहार नपाउने समस्या देखिने चिन्ता बढेको बताउनुभयो । वृद्ध सेवा समितिका अध्यक्ष बलबहादुर रावलले पछिको आश्रयस्थल आश्रम नै हुने लक्षण देखिएकाले सरकार र समाजमा हुनेखानेहरू मिलेर ज्येष्ठ नागरिक बस्ने आश्रयस्थल सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभयो । “बुढेसकालमा घरमा बस्दा पनि मानिसलाई एक्लोपन हुन्छ”, उहाँले भन्नुभयो, “समूहमा बस्ने, ज्ञान, सीप बाँड्ने गरेमा एक्लोपन कम हुन्छ ।”

    समाजसेवी धनराज उपाध्यायले स्वर्गीय मोहनबहादुर रावलले सहयोग लिएर बनाएको वृद्ध सेवा समितिको भवन विस्तारमा थप्न पालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो । वृद्ध सेवा समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार कण्ठराज गिरीले ज्येष्ठ नागरिकलाई सङ्गठित गर्ने र उनीहरूको अधिकारका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो ।वृद्ध सेवा समितिले ज्येष्ठ नागरिक सम्मान, दिवा सेवा, सचेतना, अन्तरक्रियाजस्ता कार्यक्रम गर्ने गरेको छ । संस्थाले यस वर्ष ज्येष्ठ नागरिक सम्मान, अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस, माघमा ज्येष्ठ नागरिक महिलालाई खिचडी खुवाउने, ज्येष्ठ नागरिक जनचेतना कार्यक्रम, असहाय, ज्येष्ठ नागरिक महिलालाई कपडा वितरण, विद्यालय र क्याम्पसमा ज्येष्ठ नागरिकलाई लाग्ने रोग, अल्जाइमर्स, डिमेन्सिया र स्ट्रोक सम्बन्धमा जानकारी गराउनेजस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    images
    images

    त्यसैगरी, ज्येष्ठ नागरिक दसैँ मिलन कार्यक्रम, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबाट अनुदान प्राप्त भएमा पूर्ववत् रूपमा सञ्चालन गरिएका कार्यक्रमलाई निरन्तरता दिने, ज्येष्ठ नागरिक तीर्थाटन कार्यक्रम, ज्येष्ठ नागरिक योगाभ्यास तथा प्रवचन, दिवा सेवा कार्यक्रमको निरन्तरता, मोहन प्रतिभा कोषबाट सम्मान कार्यक्रमजस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend