images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आज यूनाइटेड अजोडको लाभांश सुरक्षित गर्ने...

आज यूनाइटेड अजोडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज यूनाइटेड अजोडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images

    कम्पनीले आफ्नो ३१ औं वार्षिक साधारणसभा असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेट एन्ड इभेन्टमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    हकप्रद सेयर जारीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ कायम हुनेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend