images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • हिमालयन लाइफ इन्स्योरेन्सको १८औं साधारण सभा...

हिमालयन लाइफ इन्स्योरेन्सको १८औं साधारण सभा सम्पन्न ८ प्रतिशत नगद लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्सको १८औं साधारण सभा सम्पन्न ८ प्रतिशत नगद लाभांश पारित

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौंः हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ। सभाले कम्पनीको वितरित योग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँमा आधारित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोअनुसार कुल ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ ४८ पैसा बराबरको नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) शेयरधनीहरूलाई वितरण गरिनेछ।

    images
    images

    सभाले आर्थिक वर्ष २०८०।८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ। साथै, कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको सोही वर्षको वित्तीय विवरण पनि स्वीकृत गरिएको छ।

    सभाले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि बाह्य लेखापरीक्षकको रूपमा एस.सि.लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै, कम्पनी ऐनको दफा १०५९१०(ग) बमोजिम २०८०।८१ मा भएको खर्चलाई पनि अनुमोदन गरिएको छ।

    images
    images

    सभामा कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा कार्यक्रम सम्पन्न हो। संचालक प्रमिला के.सी.ले स्वागत मन्तव्य राखेकी थिइन् भने संचालक सौरभ दुगडले धन्यवाद ज्ञापन गरे। प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले उपस्थित शेयरधनीहरूको प्रश्नहरूको जवाफ दिएका थिए।

    कम्पनीले नियामक निकायबाट आउने निर्देशनअनुसार आवश्यक परेमा प्रस्तावित विषयहरूमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकारसमेत प्रदान गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend