images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • कामना सेवा विकास बैंकद्वारा दृष्टीविहीनलाई वित्तीय...

कामना सेवा विकास बैंकद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरतामूलक कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरतामूलक कार्यक्रम

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा दृष्टीविहीन व्यक्तिहरुलाई लक्षित गरी विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम सम्पन्न गरेको छ।शनिबार काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्ने ४० जना भन्दा बढी दृष्टीविहीनहरुको सहभागिता रहेको कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सीएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, व्यक्तिगत तथा पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, भविष्यका लगानीका अवसर, डिजिटल कारोबार र डिजिटल ठगीजस्ता विषयमा जानकारी दिएका थिए।

    images
    images

    कार्यक्रममा दृष्टीविहीन सहभागी कृष्णखत्री अविरलले समयमै वित्तीय साक्षरता नपाउँदा बैंक कारोबार गर्न नसकेको अनुभव सुनाउँदै अब बैंकिङ प्रणालीको उपयोग गर्न सहज भएको धारणा व्यक्त गरे। "पहिले साथीलाई पैसा राख्न दिन्थेँ, तर त्यसको सुरक्षामा विश्वस्त हुन सक्दिनथेँ। अब खाता खोलेर सबै कारोबार आफैँ गर्छु," उनले भने । यस्तै, सहभागी बिक्रम पथरियाले कार्यक्रममा सिकेका कुराले आफूमा भविष्यप्रतिको विश्वास बढेको बताउँदै, "सानो बचतले पनि ठूला सपना पुरा गर्न सकिने आशा पलाएको छ," भने । 

    सर्वोदय परियोजनाका सौगात वाग्लेले कामना सेवा विकास बैंकले दृष्टीविहीनहरुलाई पनि मोबाइल बैंकिङ, एटिएम कार्डजस्ता सेवा प्रदान गरेकोप्रति आभार प्रकट गरे ।  आफू पनि दृष्टीविहीन भए पनि अन्य सेवाग्राहीसरह डिजिटल बैंकिङ सेवा उपभोग गरिरहेको अनुभव उनले सुनाए । बैंकले दृष्टीविहीन लक्षित ‘स्वाभिमान बचत खाता’ संचालनमा ल्याएको छ। यस खातामार्फत दृष्टीविहीनहरुले मोबाइल बैंकिङ, एटिएम कार्ड लगायत सुविधा पाउन सक्नेछन्। खाता खोल्दा दृष्टीविहीन भएकै कारण अतिरिक्त कागजात वा साक्षी आवश्यक नपर्ने र खाता संचालनका शर्त ब्रेल लिपीमा समेत उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend