images

२०८३ आश्विन १५ गते

images
images
images
  • शिक्षा
  • अत्यधिक गर्मीका कारण गोरखा र तनहुँका...

अत्यधिक गर्मीका कारण गोरखा र तनहुँका विद्यालय बन्द

अत्यधिक गर्मीका कारण गोरखा र तनहुँका विद्यालय बन्द

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • गोरखा : अत्यधिक गर्मीका कारण पालुङटार नगरपालिकाका विद्यालयहरूमा आजदेखि पठनपाठन बन्द गरिएको छ।नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख विवश चिन्तनले जानकारी दिए।उनले भने, ‘गर्मीका कारण बालबालिकालाई समस्या हुनसक्ने भएकाले नगरपालिकाले मातहतका सबै विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरेको हो।’

    images
    images

    असार १ गतेबाट नियमित रूपमा पठनपाठन हुने नगरपालिकाले जनाएको छ।त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आज र भोलि गर्मी बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाको निर्णय अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै दुई दिन बिदा दिने निर्णय गरिएको हो।गाउँपालिकाले सूचना जारी गर्दै सम्पूर्ण विद्यालय सञ्चालक, अभिभावक तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    ‘गर्मीका कारण देखिएका समस्या न्यूनीकरण गर्न विद्यालय बन्दको निर्णय गरिएको हो, सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा जारी सूचनामा उल्लेख छ।गाउँपालिकाले विद्यार्थीलाई घरभित्र वा शीतल स्थानमा बस्न, प्रशस्त पानी पिउन, दिउँसो घाममा बाहिर ननिस्कन, ताजा फलफूल तथा पोषिलो खाना खान र साँझ बिहानमा मात्र शारीरिक व्यायाम वा खेलकुदमा सहभागी हुन अनुरोध गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend