काठमाडौं । नेपाल धितोपत्र बोर्डले नोक्सानीमा रहेको र प्रतिसेयर नेटवर्थ जम्मा ४८ रुपैयाँ ५७ पैसा रहेको जोशी हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ ।
कम्पनीले १ बराबर ०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको हो । कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३९९ रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म कम्पनी १ करोड ७८ लाख ३५ हजार रुपैयाँ खुद नोक्सानीमा छ ।कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८० पैसा ऋणात्मक छ ।




.gif)





