images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल बैंक काण्डः भ्रष्टाचार मुद्दामा को–को...

नेपाल बैंक काण्डः भ्रष्टाचार मुद्दामा को–को मुछिए ?

नेपाल बैंक काण्डः भ्रष्टाचार मुद्दामा को–को मुछिए ?

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • काठमाडौंः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारी सहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

    images
    images

    कर्जा प्रवाह गर्दा घुस खाएको आरोपसहित अख्तियारले अधिकारी सहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसाल विरूद्ध मुद्दा दायर भएको हो।

    रूपन्देहीको सिद्धार्थनगर १ बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको र्‍याडिसन प्रोजेक्टले एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपैयाँ ऋण लिन कम्पनीका अध्यक्ष बालकृष्ण भुसाल र उनका छोरा एवं सेयर सदस्य अंकित भुसालले ऋणका लागि प्रक्रिया अघि बढाएका थिए।

    images
    images

    त्यसबीचमा सहजीकरण गर्न सञ्चालक समितिका तत्कालीन अध्यक्ष अधिकारीले ह्वाट्सएप मार्फत पटक पटक कुराकानी र भेटघाट समेत भएको अख्तियारले जनाएको छ। उनले ऋण मिलाउन भन्दै २०८१ भदौ ३० गते रकम मागे पछि प्राइम बैंकको चेक दिएकामा त्यो चेक चन्‍द्रबहादुरले राकेश थापालाई दिएपछि चेक साटिएको थियो।

    १२ लाख रकम पनि चन्द्रबहादुरले शारदा गुप्ताको नाममा दर्ता रहेको अनन्या इन्टरप्राइज मार्फत लिएको अख्तियारले जनाएको छ।

    अंकित भुसालले आफ्ना बुवासँग रकम मागेर अनन्या इन्टरप्राइजेजको खातामा १२ लाख हालिदिएका थिए।

    उक्त रकम इन्टरप्राइजेजका शारदा र रिंकु गुप्ताले लिएका थिए। सो रकम बराबरको सामान किनेर उनीहरूले लक्की खानलाई पठाइदिएका थिए । खानले १९ लाख रकम प्राप्त गरी पुनः अधिकारीलाई बुझाएको अख्तियारको अनुसन्धानमा देखिएको अख्तियारको दावी छ ।

    अख्तियारले घुसबापत लिएर सटही गरेको चेकको विवरण, ट्रान्सफर गरिएको रकमको विवरण समेतका कागजात २०८१ माघ २३ गते अधिकारीको घरबाट बरामद गरेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend