images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • पहिरोले एक घर पूर्णरुपमा क्षतिग्रस्त, बाढीले...

पहिरोले एक घर पूर्णरुपमा क्षतिग्रस्त, बाढीले हाइड्रोपावर बगायो

पहिरोले एक घर पूर्णरुपमा क्षतिग्रस्त, बाढीले हाइड्रोपावर बगायो

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं- संखुवासभा जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ । मंगलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको हो । 

    images
    images

    शेर्पाको ढुंगा, माटो र काठले बनेको दुईतले घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन ।

    माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन् । केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा दुई सय ५० घरमा विद्युत आपूर्ति बन्द भएको छ । बाढीले  भोटखोला–३ का दुई वटा हाइड्रोपावर बगाएको थियोे । -रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend