images

२०८३ आश्विन १६ गते

images
images
images

आसाममा बाढीका कारण १५०६ गाउँ डुबानमा

आसाममा बाढीका कारण १५०६ गाउँ डुबानमा

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • गुवाहाटी : भारतको आसाम राज्यमा निरन्तर वर्षापछि आएको बाढीका कारण अवस्था झन् खराब हुँदै गइरहेको छ। बाढीको पानी विभिन्न क्षेत्रमा फैलँदा जनधनको क्षति बढ्दै गएको छ।पछिल्लो विवरण अनुसार, बाढीका कारण हालसम्म ६ लाख ३३ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या १८ पुगेको छ।आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार, राज्यका २१ जिल्लाका १५०६ गाउँहरू डुबानमा परेका छन्।

    images
    images

    पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या बढेर १८ पुगेको हो। यसमध्ये अधिकांश मृत्यु पछिल्लो पाँच दिनमा भएको प्राधिकरणले जनाएको छ।विपद् विभागले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार, बाढीबाट ६ लाख ३३ हजारभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन्। बाढीका कारण विस्थापित भएका करिब ४० हजार मानिसलाई राज्यका विभिन्न भागमा खोलिएका ५११ राहत शिविरहरूमा आश्रय दिइएको छ।विशेष गरी करीमगञ्ज जिल्लामा बाढीको प्रभाव बढी देखिएको छ, जहाँ मात्र ९४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

    आसामका साथै विगत केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण भारतको उत्तर-पूर्वी क्षेत्रका अन्य राज्यहरू पनि बाढी र पहिरोको चपेटामा परेका छन्। मणिपुरमा पनि अवस्था गम्भीर रहेको र त्यहाँ १ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ।यसैबीच, भारतीय मौसम विभागले भोलिसम्म आसाम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुरामा भारी वर्षा जारी रहने चेतावनी दिएको छ। यसले गर्दा बाढीको अवस्था थप बिग्रन सक्ने चिन्ता बढेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend