images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • नेरुडे मिर्मिरे लघुवित्तले एक बर्षमा कति...

नेरुडे मिर्मिरे लघुवित्तले एक बर्षमा कति नाफा आर्जन गर्यो ?

नेरुडे मिर्मिरे लघुवित्तले एक बर्षमा कति नाफा आर्जन गर्यो ?

images
images
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • काठमाडौँ । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले अघिल्लो वर्ष २०७९/८० को सोही अवधिमा लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

    नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएपछि वित्तीय विवरण सार्वजनिक गर्दा लघुवित्तको नाफा बढेको देखिन्छ ।

    images
    images

    समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा (एनपीएल) बढेर ६.६० प्रतिशत पुगेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ५.०५ प्रतिशत थियो ।

    गत असारसम्म लघुवित्तले १ अर्ब ३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ४३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड २९ लाख रुपैयाँ रहेको छ ।

    लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ५ करोड २९ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

    लघुवित्तको प्रतिसेयर आम्दानी ६२.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९४.३९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५३ गुणा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend