images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा आज

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा आज

images
images
शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज जेठ १६ गते, शुक्रबार भरतपुर, चितवनमा बस्दैछ।
    सभा बिहान ११ बजे भरतपुर गार्डेन रिसोर्टमा सुरु हुनेछ।

    images
    images

    सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका विषयमा छलफल गरिनेछ। साथै, दुई जना सञ्चालक सदस्य नियुक्ति र लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि सभामा पेश गरिनेछ। यस पटक कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव ल्याएको छैन।

    सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ ७ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend