images

२०८३ आश्विन १५ गते

images
images
images

वैदेशिक रोजगारीमा जानेको संख्या १२.५० प्रतिशतले वृद्धि,पौने ७ लाखले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जानेको संख्या १२.५० प्रतिशतले वृद्धि,पौने ७ लाखले लिए श्रम स्वीकृति

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा ६ लाख ८५ हजार ९२४ जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । २०८१ साउन १ गतेदेखि २०८२ वैशाख मसान्तसम्मको अवधिमा उनीहरूलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो ।२०८२ वैशाख महिनामा मात्र ७८ हजार ५० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

    images
    images

     अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्या १२.५० प्रतिशतले वृद्धि भएको छ ।गत आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा ६ लाख ९ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजगारीमा जान ७६  हजार २१९ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ । 

    विभागले जारी गरेको विवरणअनुसार २०८१ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा चार लाख ७४ हजार १४७ जना पुरुष र ६० हजार ३२४ जना महिला छन् ।विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो १० महिना अर्थात् २०८१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३ र २०८२ वैशाखमा ७८ हजार ५० जना जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

    images
    images

    गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो १० महिना अर्थात् २०८० साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२,  मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ र २०८१ वैशाखमा ७० हजार ६३७ जनाले श्रम स्वीकृति लिएका थिए । चालु आर्थिक वर्षको पहिलो १० महिनामा औसतमा प्रत्येक महिना ६८ हजार ५९२ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । रोजगारी खोज्न विदेश जान चाहनेको संख्या दैनिक औसतमा दुई हजार २८६ जनाभन्दा बढी रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend