images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • टाटा मोटर्सले एक वर्षमा बुझायो...

टाटा मोटर्सले एक वर्षमा बुझायो तीन खर्ब ८८ अर्ब भारु कर

टाटा मोटर्सले एक वर्षमा बुझायो तीन खर्ब ८८ अर्ब भारु कर

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । भारतको गाडी उत्पादक टाटा मोटर्स लिमिटेडले एक वर्षमा ३ खर्ब ८८ अर्ब ९२ करोड भारु कर बुझाएको छ ।र्थिक वर्ष २०२४/२५ मा टाटाले विश्वव्यापी रूपमा कर र अन्य योगदानमा ३ खर्ब ८८ अर्ब ९२ करोड भारु भुक्तानी गरेको जनाएको छ ।

    images
    images

    जुन आर्थिक वर्ष २०२४मा भन्दा एक प्रतिशत कम हो । कर पारदर्शिता प्रतिवेदनअनुसार कर्पोरेट आयकर, अधिभार र उपकरसहित प्रत्यक्ष योगदान गत आर्थिक वर्ष २ खर्ब ५७ अर्ब ६६ करोड रहेको छ । आर्थिक वर्ष २०२३/२४ आर्थिक वर्षमा २ खर्ब ९१ अर्ब ९९ करोड भारु थियो ।

    आर्थिक वर्ष २०२५ मा कर्मचारीको तलब करबाट संकलन गरिएको रोक्का करसहितको अप्रत्यक्ष योगदान १ खर्ब २१ अर्ब ८९ करोड भारु रहेको छ । जुन आर्थिक वर्ष २०२३/२४ मा ९२ अर्ब ८४ करोड भारुको तुलनामा ३१ प्रतिशतले वृद्धि हो । २०२३/२४ आर्थिक वर्षमा ८ अर्ब ६१ करोड भारु थियो ।२०२४/२५ आर्थिक वर्षमा टाटाको कन्सोलोटिडेटेड खुद नाफा २  खर्ब ८१ अर्ब ४९ करोड भारु थियो । जुन अघिल्लो आर्थिक वर्षमा ३ खर्ब १८ अर्ब ७ करोड भारु थियो ।  

    images
    images

    आर्थिक वर्ष २०२५ मा कुल आम्दानी ४३ खर्ब ९६ अर्ब ९५ करोड भारु थियो, जुन आर्थिक वर्ष २०२४ मा ४३ खर्ब ४० अर्ब १६ करोड भारु थियो ।कर्मचारी पेन्सन योजनाको प्रावधानसहित अन्य योगदान गत आर्थिक वर्षमा ९ अर्ब ३७ करोड भारु रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend