काठमाडौं, १३ जेठ । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.५३ अंकले बढेर २,६७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ५२ करोडको कारोबार भएको हो ।
शेयर बजारमा कर्पोरेट विकास बैंक, ओम मेगाश्री फार्मास्युटिकल्स, ग्रिन विकास बैंक र भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.०१ प्रतिशतका दरले गुमाएका छन्।




.gif)





