images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश...

नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा आज नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको छ। सभाले चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

    images
    images

    साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।

    लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते एक दिन बुक क्लोज गरेको थियो। त्यस अनुसार वैशाख २९ गतेसम्म कम्पनीको सेयर धारण गरेका लगानीकर्ताहरू लाभांशको हकदार हुनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend