images

२०८३ आश्विन १७ गते

images
images
images

एभरेष्ट कलर लिमिटेडको विशेष साधारणसभा सम्पन्न

एभरेष्ट कलर लिमिटेडको विशेष साधारणसभा सम्पन्न

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं।  एभरेष्ट कलर लिमिटेडको विशेष साधारणसभा आज सम्पन्न भएको छ । विशेष साधारणसभा भक्तपुरको कौशलटारस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सभाले जारी पुँजी वृद्धि गरी रु ३० करोड र सो पुँजीको २६.३३ प्रतिशत (७,९०,००० कित्ता) सेयर रु १०० का दरले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

    images
    images

    यसअघिको वार्षिक साधारणसभाले प्रतिकित्ता ५० रुपैयाँ आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । आज सम्पन्न विशेष साधारणसभाले आईपीओको प्रतिकित्ता मूल्य संशोधन गरी पुँजी वृद्धि गर्ने निर्णय गरेको हो ।

    त्यसैगरी सभाले स्वतन्त्र संचालकमा कपिल देव महत्तोलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समीतीका अध्यक्ष महेश्वर खनालको अध्यक्षतामा बसेको विशेष साधारण सभाले संचालक समितिले प्रस्ताव गरेका अन्य सामान्य तथा विशेष प्रस्तावहरु पारित गरेको छ ।कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले डबल बी माईनस रेटिङ प्रदान गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend