images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा उच्च अंकको गिरावट,एकै दिन...

सुनको मूल्यमा उच्च अंकको गिरावट,एकै दिन ३७ सय रुपैयाँले घट्यो

सुनको मूल्यमा उच्च अंकको गिरावट,एकै दिन ३७ सय रुपैयाँले घट्यो

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । केही दिनको झिनो गिरावटपछि सोमबार एकै दिन प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images

    महासंघका अनुसार सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ थियो ।

    सुनको मूल्य घट्दै गर्दा सोमबार चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।मूल्य घटेसँगै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य ३ हजार २७८ डलरमा किनबेच भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend