images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली...

पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ

पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ

images
images
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौंः पोखरा कर्मचारी र व्यावसायी माथि हातपात गरेको आरोपमा पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन्। महानगरपालिकामा सातौं तहमा कार्यरत कर्मचारी र वडा नम्बर ४ मै व्यावसाय गर्दै आएका एक व्यवसायीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।

    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको उजुरीको आधारमा प्रहरी टोलीले पराजुलीलाई पोखरा–१६ ढिकीडाँडाबाट पक्राउ गरेको हो । कुटपिट र हातपात गरेको उजुरी परेपछि पराजुलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

    वडा अध्यक्ष पराजुली माथि महानगरको प्रशासन महाशाखाका सातौं तहका अधिकृत इश्वरीप्रसाद पोखरेल र पोखरा–४ सर्वेश्वरमार्गका व्यावसायी लेखनाथ सुवेदीलाई कुटपिट गरेको आरोप छ । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्ष पराजुलीले पोखरेललाई हातपात गरेको आरोप छ । पोखरेल र पराजुलीबिच कर्मचारी व्यवस्था बारे विवाद भएको थियो ।

    images
    images

    कस्मेटिक व्यावसायी सुवेदीले सडकमा सामान राखेर बिक्री गरेको र नगरप्रहरीले सामान उठाएर लगेपछि सोही विषयमा विवाद भएको थियो । विवादकै क्रममा वडाध्यक्ष पराजुलीले हातपात गरेको आरोप छ। यसैबीच महानगरमा क्रियाशील कर्मचारी संघ संगठनले कर्मचारी कुटिएको घटनाको विरोध गर्दै वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् ।

    स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन् । उनीहरूले घटनामा संलग्न वडाध्यक्षलाई कानुन बमोजिम कारबाही गर्न माग समेत गरेका छन् । यस्तै, कर्मचारी संघ संगठनको आह्वानमा महानगरको काम ठप्प भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend