images

२०८३ आश्विन १६ गते

images
images
images

नौ महिनामा तातोपानीबाट आए ७ अर्बका गाडी, ३ अर्ब उठ्यो राजस्व

नौ महिनामा तातोपानीबाट आए ७ अर्बका गाडी, ३ अर्ब उठ्यो राजस्व

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाका हुँदै ७ अर्ब ५ करोड ८५ लाख मूल्य बराबरको विद्युतीय गाडी आयात भएको छ।९ महिनाको अवधिमा २ हजार ७ सय २४ वटा विद्युतीय सवारीसाधन चीनको खासा हुँदै तातोपानी नाका आयात भएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ।तीमध्ये सात सय वटा अहिले तातोपानी भन्सार यार्डमा छन्।

    images
    images

    २ हजार ७ सय २४ वटा विद्युतीय सवारीसाधनबाट ३ अर्ब ७५ करोड ६३ लाख राजस्व संकलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिएका छन्।९ महिनामा तातोपानी नाकाबाट ३ सय ७० वठा ५० किलोवाटका कार, जिप र भ्यान, १ हजार ५ सय ४४ वटा एक सय किलोवाटका कार, २ सय २९ वटा २ सय किलोवाटका कार, २ वटा तीन सय किलोवाटका कार, १ वटा ३ सय किलोवाट भन्दा माथिको कार, ४१ वटा फोरह्वील विद्युतीय कार आयात गरिएको छ।

    त्यस्तै एउटा ठूलो विद्युतीय बस, २ सय ८० वटा ११ देखि १४ सिट भएका माइक्रो बस, २ सय ४८ वटा १५ देखि २५ सिट भएका मिनिबस आयात भएको भन्सार कार्यालयले जनाएको छ।ओमोडा, डिपाल, लिपमोटर, जेक्रा, एमजी, फोटोन र डिएफएसके ब्रान्डका चिनियाँ विद्युतीय गाडीहरू नाका हुँदै राजधानी पुगेका छन्। तर, तातोपानीलाई काठमाडौँ जोड्ने सडक अवरुद्ध हुँदा त्यहाँबाट काठमाडौँसम्म गाडी ल्याउन समस्या उत्पन्न भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend