images

२०८३ आश्विन १५ गते

images
images
images
  • अर्थतन्त्र
  • यातायात कार्यालय हेटौँडाले उठायो ९ महिनामा...

यातायात कार्यालय हेटौँडाले उठायो ९ महिनामा ४५ करोड राजस्व

यातायात कार्यालय हेटौँडाले उठायो ९ महिनामा ४५ करोड राजस्व

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • मकवानपुर । यातायात व्यवस्था कार्यालय हेटौँडाले चालु आर्थिक २०८१/८२ को ९ महिनाका अवधिमा रु ४५ करोड ६६ लाख भन्दा बढी राजस्व  सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि चैत महिनासम्ममा सो कार्यालयले रु ४५ करोड ६६  लाख ८५ हजार पाँच सय ९० राजस्व  सङ्कलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । 

    images
    images

    कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको नौ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट रु सात करोड आठ लाख ७१ हजार तीन सय १४, सवारी करबाट रु २८ करोड २७ लाख ३७ हजार दुई सय ९९, यातायात क्षेत्रको आम्दानीबाट रु सात करोड १५ लाख ७६ हजार नौ सय ९२, सङ्घीयता तर्फ रु तीन करोड १४ लाख ९१ हजार नौ सय ५३ तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व सङ्कलन भएको छ । 

    यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल दुई हजार दुई सय ३४ वटा, साना सवारी आठ सय ४७ वटा, टेम्पो/ई–रिक्सा छ सय २६, ठूला तथा मझौला सवारी छ सय २४ वटा र ट्याक्टर ११ गरी चार हजार तीन सय ५१ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा नयाँ चार हजार सात सय ८१ र वर्ग थप दुई हजार एक सय ६१ गरी पाँच हजार तीन सय ५९ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । 

    images
    images

    यस्तै सो अवधिमा चार हजार सात सय ८१ नवीकरण, ७६ प्रतिलिपी र ६३ वटा नवीकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend