images

२०८३ आश्विन १६ गते

images
images
images

सप्तरीमा छ वटा पुल निर्माण सम्पन्न सात पुलको निर्माणाधीन काम अन्तिम चरणमा

सप्तरीमा छ वटा पुल निर्माण सम्पन्न सात पुलको निर्माणाधीन काम अन्तिम चरणमा

images
images
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौंः चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा छ वटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ । स्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी रहेको छ ।

    images
    images

    सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्र गतिमा जारी छ । शम्भुनाथ नगरपालिका–११ देवधारमा छ करोड ५७ लाख ८२ हजार, छिन्नमस्ता गाउँपालिका घोडदह नदीमा एक करोड ९१ लाख ९२ हजारको लागतमा पुल निर्माण भएका छन् ।

    यसैगरी, कनकटा–९ र बेल्ही–५ जोडिने सडकमा पर्ने मुत्तनी खोलामा चार करोड चार लाख ५४ हजारको लागतमा पुल निर्माण गरिएको छ भने राजविराज–छिन्नमस्ता सडकबाट बेल्हा–६ र ५ भएर बग्ने सप्तरीको घोडदह खोलामा चार करोड ८५ लाख ६३ हजारको खर्चेर पुल बनाइएको छ ।

    images
    images

    छिन्नमस्ता गाउँपालिका–५ राजविराज–छिन्नमस्ता सडकअन्तर्गत खिरखौका नदीमा पनि पुल निर्माण सम्पन्न भएको छ । यो पाँच करोड ४२ लाख २० हजारको लागतमा सम्पन्न भएको हो । राजविराज–कुनौली सडकमा पर्ने महुली घाडन खोलामा छ करोड १३ लाख ५४ हजारमा लागतमा पुल निर्माण भएको प्रमुख कर्णले बताए ।

    सप्तरीमा निर्माणाधीन पुलमध्ये सातवटाको काम अन्तिम चरणमा पुगेको छ । छिन्नमस्ता गाउँपालिका–१ ललापट्टी–बुटनपोखरी भलवाही पुल तीन करोड ७३ लाख ८२ हजारको लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ ।

    यस्तै सोही निर्माण कम्पनीले तीन करोड ६२ लाख ७४ हजारको लागतमा विसहरिया–१ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेन्द्र दासले बताएका छन् ।

    यस्तै रुपनी गाउँपालिका–६ दुधैला खोलामा नयाँ वस्ती नजिकै छ करोड ५३ लाख ७५ हजारका लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । फकहा–बरदहीको बीच मुत्तनी नदीमा पनि धमाधम पुल निर्माण भइरहेको छ ।

    उक्त पुलको वित्तीय प्रगति ८३.५८ प्रतिशत छ भने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जानाकारी गराएको छ । त्यसैगरी, रुपनी गाउँपालिका–६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ ।

    उत्तः पुल नौ करोड ७५ लाख ९८ हजारको लागतमा निर्माण भइरहेको हो । शम्भुनाथ नगरपालिका–९ भएर बग्ने भवररा नदीमा चार करोड ७५ लाख ३१ हजारको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति ८२ प्रतिशत भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend