काठमाडौंः वैशाख १२ , सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोटलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार यो धक्का २०७२ सालको गोरखा भूकम्प पछिको चार म्याग्निच्युड भन्दा माथिका ६०३ औं परकम्पको रूपमा रेकर्ड गरिएको हो।
ठ्याक्कै १० वर्षअघि, २०७२ सालको वैशाख १२ गते बिहान ११ः५६ बजे गोरखा जिल्लाको बारपाक आसपास केन्द्रविन्दु भएर ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो। सो भूकम्पले देशभर ठूलो जनधनको क्षति पुर्याएको थियो।
आजको भूकम्पले मानवीय क्षतिको कुनै खबर भने प्राप्त भएको छैन। यद्यपि, भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दामा केही समयको लागि त्रासको माहोल सिर्जना भएको थियो।




.gif)





