images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • गोबिन्द घिमिरे एनएमबि बैंकको प्रमुख कार्यकारी...

गोबिन्द घिमिरे एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

गोबिन्द घिमिरे एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गोबिन्द घिमिरेले सम्हालेका छन् । मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृतबाट सुनिल केसी बिदा भएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी घिमिरेले सम्हालेका हुन् ।

    images
    images

    गत फागुनमा नै बैंक सञ्चालक समितिले १० वैशाख २०८२ देखि घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको थियो । बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई सीईओ नियुक्त गरेको बैंकले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

    फागुन मसान्तमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको दोस्रो कार्यकाल पुरा भएको थियो । बाफिया कार्यान्वयन भएको मितिले ९ वैशाखमा ८ वर्ष पुरा हुने र २ कार्यकालको अधिकतम अवधि पुरा हुने भएकोले बैंकले फागुन मसान्तमा नै दोस्रो कार्यकाल सकिएको भए पनि ९ वैशासम्म ४० दिनको लागि केसीलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । मंगलबारबाट उक्त जिम्मेवारी पुरा गरेका केसी बिदा भएसँगै घिमिरे नयाँ प्रमुख कार्यकारी अधिकृतका रुपमा आएका हुन् ।

    images
    images

    बुधबारबाट घिमिरेले प्रमुख कार्यकारी अधिकृत र सुदेश उपाध्यायल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend