images

२०८३ आश्विन १६ गते

images
images
images

९ महिनामा सानिमाको नाफा ३० करोडले बढ्यो, लाभांश क्षमता कति ?

९ महिनामा सानिमाको नाफा ३० करोडले बढ्यो, लाभांश क्षमता कति ?

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ३९ करोड खुद नाफा गरेकामा २१ प्रतिशतले बढाएको हो ।बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद फि एन्ड कमिसन आम्दानीमा वृद्धि र प्रोभिजन रकम कम हुँदा नाफा बढेको देखिन्छ ।

    images
    images

    ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २८ करोड र खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब रुपैयाँ छ । खुद ब्याज आम्दानी ३० करोडले कम भएको हो ।यता बैंकले नोक्सानी व्यवस्थाका लागि १ अर्ब ४० करोड छुट्याएको हो जुन गत आवको यही अवधिसम्म गरेको प्रोभिजनभन्दा १९ करोड कम हो ।

    नाफा बढेको सानिमाको प्रतिसेयर आम्दानी १६.३३ रुपैयाँ रहेको छ । ईपीएस १४.२७ बाट सुधारिएकामा नेटवर्थ पनि १६१.३३ रुपैयाँ छ ।यता निष्क्रिय कर्जा १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजीकोष ९.५४ प्रतिशत रहेको छ ।सानिमाले चैतसम्म २ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले एक वर्षमा निक्षेप १६ अर्ब र कर्जा १४ अर्बले बढाएको हो ।नाफा बढाएको बैंकको वितरणयोग्य नाफा २ अर्ब २० करोड रहेको छ । यो रकमले १८.९२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend