images

२०८३ आश्विन १५ गते

images
images
images

१ महिनामा करिब ९ अर्ब रुपैयाँले घट्यो सार्वजनिक ऋण

१ महिनामा करिब ९ अर्ब रुपैयाँले घट्यो सार्वजनिक ऋण

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । सरकारले १ महिनामा करिब ९ अर्ब रुपैयाँले सार्वजनिक ऋण घटाएको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिना सम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।यसअघि, फागुन मसान्तसम्ममा सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । १ महिनाको अवधिमा ८ अर्ब ७७ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको हो ।

    images
    images

    सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ छ । कुल सार्वजनिक ऋणमा चैत मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.१९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८.८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

    सरकारले चैत मसान्तसम्म ऋणको सावाँ तथा ब्याज भुक्तानीका लागि कुल ग्राहस्थ उत्पादन जीडीपीको ४.४३ प्रतिशत खर्च गरिसकेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ९ महिनामा सरकारले १ खर्ब ७० अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण तथा ३२ अर्ब ९३ करोड बाह्य ऋणको दायित्व घटाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend