images

२०८३ कार्तिक ३ गते

images
images
images
  • समाचार
  • वैशाख ७ गते राप्रपाले निषेधित...

वैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

वैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।पार्टीको कार्यसम्पादन समिति बैठकले यसबारे निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । राजसंस्था पुनर्स्थापना र आफ्ना नेताहरूको रिहाइको माग गर्दै ७७ वटै जिल्लामा विरोधसभा गरिने पनि उनले बताए ।

    images
    images

    लिङ्देनले भने, “वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । सरकारले यहाँ प्रदर्शन गर्नू, यहाँ नगर्नू भनेर निषेधित क्षेत्र तोक्दै मौलिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ । त्यसविरुद्ध निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने निर्णय गरेका हौँ ।”

    आफूहरूको प्रदर्शन शान्तिपूर्ण नै हुने उनको भनाइ छ ।गत चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहितलाई रिहाइ गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend