images

२०८३ आश्विन १९ गते

images
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएको छ । संगठनले बिहीबार बिहान रुपन्देहीको भैरहवामा प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

    images
    images

    विमानस्थललाई तत्काल पूर्ण र नियमित रूपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई यही विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने नीति तथा सहजीकरण (कर छुट, सेवा शुल्क छुट) गरिनुपर्ने र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरूको शीघ्र समाधान गरिनुपर्ने संगठनको माग छ ।

    त्यस्तै गौतमबुद्ध विमानस्थललाई दोस्रो मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा विकास गर्ने राष्ट्रिय नीति तथा रणनीतिमा उच्च प्राथमिकता दिनुपर्ने, लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनलाई जोड्दै विशेष पर्यटक प्याकेज विकास गरी विमानस्थलमा चाप बढाउने पहल गर्नुपर्ने, विमानस्थलमा व्यापार र निर्यात प्रवर्द्धनका लागि एयर कार्गो सेवा विस्तार गर्नुपर्ने तथा स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरी विमानस्थलको दिगो सञ्चालनको सुनिश्चितता गर्नुपर्ने संगठनले माग गरेको छ ।त्यसै गरी अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी विमानस्थलको पहिचान प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने यात्रुहरूको लागि वन–स्टप सेवा केन्द्र (श्रम स्वीकृति, मेडिकल जाँच, ओभरसिज इम्प्लोइमेन्ट इजाजत, बीमा, इम्बार्केशन, काउन्सेलिङ आदि एकै स्थानबाट उपलब्ध हुने) स्थापना गर्नुपर्ने, वैदेशिक रोजगार विभागको क्षेत्रीय कार्यालय स्थापना गर्नुपर्ने र विमानस्थलमा श्रमिक सहायता काउण्टर स्थापना गर्नुपर्ने विज्ञापनमा उल्लेख छ ।

    images
    images

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले लुम्बिनी प्रदेश मात्र नभई सम्पूर्ण देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए । ‘विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा समेत यसको नियमितता हुन सकेको छैन, ’अध्यक्ष श्रेष्ठले भने–कहिले चल्ने र कहिले बन्द हुने अनिश्चित अवस्थाले उद्योगी, व्यवसायी, पर्यटक तथा सर्वसाधारणमा निराशा बढेको छ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend