images

२०८३ आश्विन १६ गते

images
images
images

नयाँ वर्षकै दिन जाजरकोटमा भूकम्पको धक्का

नयाँ वर्षकै दिन जाजरकोटमा भूकम्पको धक्का

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौंः नयाँ वर्षकै दिन २०८२ वैशाख १ गते सोमबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो।

    कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए नभएकाबारे कुनै विवरण भने प्राप्त हुन सकेको छैन।

    images
    images

    यसअघि २०८१ चैत २१ गते राति क्रमशः ८.०७ बजे र ८.१०बजे सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएका थिए।

    पहिलो भूकम्प ५ दशमलव २ र दोस्रो भूकम्प ५ दशमलव ५ म्याग्निच्युडका थिए। सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो।

    यस्तै गत चैत २० गते दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

    गत चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend