images

२०८३ कार्तिक ६ गते

images
images
images

कामना सेवा विकास बैंकको ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर विक्री गर्न ईच्छा राखी बैंकमा निवेदन पेश गरेअनुसार बैंकले ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    आवेदन दिँदा खरिद गर्न चाहेको शेयर कित्ता र सोको मूल्य समेत खुलाई दिनुपर्ने बैंकले जनाएको छ । बैंकले तोकिएको समयभित्र बैंकका संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन नआएमा उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री गरिने बैंकको भनाई छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend