images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • ट्रम्पले ९० दिनको लागि रोके कर...

ट्रम्पले ९० दिनको लागि रोके कर लगाउने निर्णय

ट्रम्पले ९० दिनको लागि रोके कर लगाउने निर्णय

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमा ९० दिनको लागि पारस्परिक कर लगाउने निर्णयमा रोक लगाएका छन्। तर चीनका लागि भने करमा रोक लगाइएको छैन। चिनियाँ सामानमा भन्सार कर अझै बढाएर १०४% बाट १२५% पुर्‍याएका छन्। चीनले प्रतिशोधात्मक ८४% कर लगाएपछि ट्रम्पले यो कदम चालेका हुन्।अब चीनमा बनेको १०० डलरको उत्पादन अमेरिका पुग्दा २२५ डलर पर्नेछ। अमेरिकामा चिनियाँ सामान महँगो हुँदै गएकाले यसको बिक्री घट्ने सम्भावना छ।

    images
    images

    ट्रम्पले ट्रुथ सोसलमा चीनले विश्वव्यापी बजारको सम्मान नगरेको बताएका छन्। त्यसैले आफूले चीनमा कर अझै बढाएर १२५% बनाएको बताएका छन्। उक्त कार्यले चीनले चाडै नै अमेरिका र अन्य देशहरूलाई लुट्ने दिन सकिएको बुझ्ने बताए।अमेरिकाले चीनबाट ४४० अर्ब डलर बराबरको आयात गर्छ। चीनबाट उत्पादनहरू आयात गर्ने अमेरिकी कम्पनीहरूका लागि अब विकल्प खोज्नु ठूलो चुनौती बन्दै गएको छ।सम्झौता गर्ने देशहरूको लागि भने भन्सार १०% हुनेछ।

    ७५ भन्दा बढी देशहरूले अमेरिकी प्रतिनिधिहरूलाई आमन्त्रित गरेका र यी देशहरूले आफ्नो सुझावमा अमेरिका विरुद्ध कुनै पनि बदला नलिएका ट्रम्पले बताए। त्यसैले करमा ९० दिनको पज स्वीकार गरेको ट्रम्पको भनाइ छ। भन्सार शुल्कमा यो विरामले नयाँ व्यापार सम्झौताहरूमा वार्ता गर्न समय प्रदान गर्नेछ।अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले अमेरिकासँग वार्ता गर्न इच्छुक देशहरूका लागि यो दर १०% मा घटाइने बताएका छन्।  

    images
    images

    मन्दी र महङ्गीको खतरा 

    ट्रम्पको ट्यारिफका कारण अमेरिकासहित विश्व बजारमा १० ट्रिलियन डलरको गिरावट आएको थियो। अहिले भन्सार शुल्क रोक्ने निर्णय गरेको केही घण्टा भित्रै फेरि अमेरिकी शेयर बजारको मूल्य ३.१ ट्रिलियन डलरले बढेको छ।ट्रम्पका नजिकका सल्लाहकारहरू र एलोन मस्कले पनि उनलाई ट्यारिफ युद्ध रोक्न सल्लाह दिएका थिए। ट्रम्पको रिपब्लिकन पार्टीका धेरै नेताहरू पनि करको विरुद्धमा थिए। उनीहरुले शुल्कलाई असंवैधानिक, अर्थतन्त्रलाई हानिकारक र कूटनीतिक रूपमा खतरनाक भएको बताएका थिए।

    भन्सार शुल्क बढ्नाले अमेरिकी बजारमा अप्रत्यासित रुपमा असर परेको जनाइएको छ। वाल स्ट्रिट बैंकहरूले शुल्कले अमेरिकामा मुद्रास्फीति, बढ्दो बेरोजगारी र मन्दी निम्त्याउने चेतावनी दिएका थिए।

    शेयर बजार १०% ले बढ्यो

    ट्यारिफ रोक्ने घोषणा हुनुभन्दा चार घण्टा अगाडि ट्रम्पले ट्रुथ सोसियलमा लेखे, 'यो खरिद गर्ने राम्रो समय हो।' यसपछि, ट्रम्पले पारस्परिक ट्यारिफ रोक्ने घोषणा गर्ने बित्तिकै शेयर बजार फेरि उछालमा फर्कियो।डाउ जोन्स २,६०० अंक (७.१%) भन्दा बढी उक्लियो। S&P ५०० ९.५% ले बढ्यो। नास्ड्याक १,५३६ अंक वा १०.३% ले बढ्यो। नास्ड्याकमा यो वृद्धि २००८ को मन्दी पछिको सबैभन्दा ठूलो हो। साथै एप्पल, एनभिडिया, टेस्ला जस्ता कम्पनीहरूको शेयरमा पनि वृद्धि देखिएको छ।सबैभन्दा ठूलो वृद्धि टेस्लामा २०.०१% भएको छ। बिटक्वाइन पनि ६% ले बढेको जनाइएको छ। एक दिन अघि ट्यारिफ युद्धबाट चिन्तित विश्वभरका बजारहरू ४% ले घटेका थिए।

    चीनमाथि किन कर बढायो?

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पले बढ्दो व्यापार युद्धको बीचमा भन्सार शुल्क फिर्ता लिएर अमेरिका विरुद्ध मोर्चा नखोलेका देशहरूलाई प्रोत्साहित गरिएको जनाइएको छ।तर चीनले भने अमेरिकाको कर वृद्धिविरुद्ध कर बढाएको थियो। बुधबार नै चीनले अमेरिकामाथिको भन्सार ३४% बाट बढाएर ८४% पुर्‍याउने घोषणा गरेको थियो। त्यसैले ट्रम्पले चीनमाथिको भन्सार १०४% बाट बढाएर १२५% पुर्‍याएका जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend