images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • स्वास्थ्य, शुद्धता र प्रविधिको सन्देशसहित केन्टको...

स्वास्थ्य, शुद्धता र प्रविधिको सन्देशसहित केन्टको नयाँ वर्ष अफर सार्वजनिक

स्वास्थ्य, शुद्धता र प्रविधिको सन्देशसहित केन्टको नयाँ वर्ष अफर सार्वजनिक

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं ।  सिजी इलेकट्रोनिक्स अन्तर्गत केन्ट ब्रान्डले  नयाँ वर्ष २०८२ को अवसरमा ‘Start a new year with PROMISE OF 100% PURE WATER’ अभियानको शुभारम्भ गरेको घोषणा गरेको छ।यस अभियानले ग्राहकहरूलाई KENT Mineral RO Water Purifier मा आकर्षक अफर र विशेष उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने लक्ष्य राख्दछ। KENT का उत्पादनहरू अत्याधुनिक प्रविधिमा आधारित छन्, जसले शुद्ध पानीको आपूर्ति, ऊर्जा बचत, र दीर्घकालिक टिकाउपनको ग्यारेन्टी प्रदान गर्छ।

    images
    images

    यस अभियान अन्तर्गत, ग्राहकहरूले KENT Mineral RO Water Purifier खरिद गर्दा निःशुल्क CG Electric Kettle प्राप्त गर्ने अवसर पाउनेछन्। यो विशेष अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र स्वस्थ बनाउन योगदान पुर्‍याउनेछ।

    साथै, KENT का वाटर प्युरिफायरहरूले अत्याधुनिक मल्टिपल प्युरिफिकेशन प्रोसेस, शून्य पानीको बर्बादी, १००% शुद्ध पानी, आवश्यक मिनरल्सलाई कायम राख्ने प्रविधि, र UV LED टेक्नोलोजी जस्ता विशेषताहरू प्रदान गर्दछ, जसले पानीको गुणस्तर र प्रयोगकर्ताको स्वास्थ्यमा उच्च स्तरको सुरक्षा सुनिश्चित गर्दछ।

    images
    images

    ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १२ महिनाको वारेन्टी, निःशुल्क डेलिभरी, ०% EMI, र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन्।सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। KENT जस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend