images

२०८३ आश्विन २८ गते

images
images
images

सान्भि इनर्जी आइपीओ निष्कासन गर्दै

सान्भि इनर्जी आइपीओ निष्कासन गर्दै

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आगामी वैशाख ५ गतेदेखि पहिलो चरणको आईपीओ स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न भएको छ । जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

    images
    images

    शेयरमा ईलाम नगरपालिका वडा नम्बर १०, माईजोगमाई गाउँपालिका वडा नम्बर १, ३ र ४, सूर्योदय नगरपालिका वडा नम्बर १० र ११ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।यसमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यसमा आवेदन दिने अन्तिम मिति वैशाख १९ गतेसम्म रहेको छ। आयोजना प्रभावितबाट पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म बिक्री अवधि लम्बिने छ भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।

    कम्पनीको  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले रहेको छ ।कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणलाई २६ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend