images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • भोलि दुई कम्पनीको साधारण सभा, के...

भोलि दुई कम्पनीको साधारण सभा, के के छन् प्रस्ताव ?

भोलि दुई कम्पनीको साधारण सभा, के के छन् प्रस्ताव ?

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं ।  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र यूनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारणसभा भोलि चैत २७ गते बस्दैछन्।छुट्टाछुट्टै स्थानमा बस्न लागेको कम्पनीहरूको सभाले विभिन्न प्रस्तावहरू पारित गर्नेछ।

    images
    images

    ग्रीन डेलभपमेन्ट बैंकले बाग्लुङस्थित पिस प्यालेसमा बिहान ११ बजेदेखि वार्षिक साधारणसभा  गर्ने जनाएको छ ।  सभाले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। 

    साथै मर्जरका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ। त्यसैगरी ६३ करोड ७ लाख १३ हजार रुपैयाँको हकप्रद सेयर जारी गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चार खर्च वृद्धि गर्ने लगायतका प्रस्ताव तय गरिएका छन्।

    images
    images

    सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत १५ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।यूनाइटेड मोदी हाइड्रोपावरले काठमाडौंको कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि वार्षिक साधारणसभा गर्ने जनाएको छ ।

    सभाले यसअघि १ः१ को अनुपातमा निष्कासन गर्ने भनिएको हकप्रद सेयर संशोधन गरी १ः०.६५ को अनुपातमा निष्कासन गर्ने, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, हकप्रद निष्कासका बाँकी आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र खोजेर सोमा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

    साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा चैत ७ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend