images

२०८३ आश्विन २८ गते

images
images
images

एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा

एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले सबैले किन्न पाउने गरी ७ लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। 

    images
    images

    सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले खरिदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता माग गर्नु पर्नेछ भने बढीमा १०० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज चैत २६ गतेदेखि वैशाख ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र बालुवाटारस्थित ९बिक्री प्रबन्धक० एनएमबि क्यापिटल लिमिटेडमा पाइनेछ।

    images
    images

    उक्त अवधिमा प्राप्त शिलबन्दीहरू वैशाख १० गते बिहान १० बजे बिक्री प्रबन्धककै कार्यालयमा खोलिने बैंकले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend