images

२०८३ आश्विन १७ गते

images
images
images

नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर

नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ।

    images
    images

    सीईओको पदको लागि उम्मेदवारले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिको लागि आवश्यक योग्यता तथा कार्यानुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ५ (ख) बमोजिम मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर एकान्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्छ। साथै, बैंकिङ र वित्तीय क्षेत्रमा, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने संघ संस्थामा अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा ३ वर्षको अनुभव अनिवार्य छ।

    कम्पनीले विशेष प्राथमिकता दिने योग्यताहरूमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा कार्यकारी तथा व्यवस्थापकीय तहमा कम्तीमा १० वर्षको कार्यानुभव भएको, उच्च सम्पर्क र समन्वय गर्ने क्षमता भएका, लघुवित्त क्षेत्रमा विद्यमान समस्याहरूको समाधान गर्न तत्पर र स्थलगत कार्य गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ।यसका साथै, उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्ने सर्त राखिएको छ। तलब र अन्य सुविधाहरू आपसी समझदारीका आधारमा तय गरिने बताइएको छ। योग्य र इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातसहित आगामी वैशाख ४ गते भित्र तोकिएको माध्यमबाट आवेदन दिनुपर्नेछ।CamScanne

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend