काठमाडौंः इस्लाम धर्मावलम्बीले सोमबार इद मनाउँदै । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।
इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने रिति छ। आज मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने रिति छ।
खुशीपूर्वक दीन दुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ।
आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुर लगायत मीठा खानेकुरा खान दिने प्रचलन छ। अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ।
रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ। इदका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।




.gif)





