images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • शेयर बजारमा उछाल : ४१ अंकले...

शेयर बजारमा उछाल : ४१ अंकले बढ्यो नेप्से,५ अर्ब बढीको कारोबार

शेयर बजारमा उछाल : ४१ अंकले बढ्यो नेप्से,५ अर्ब बढीको कारोबार

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । शेयर बजारमा दोस्रो दिन पनि उत्साह देखिएको छ । बुधबार ३९ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)  बिहीबार पनि बढेको छ । आज बजारमा उछाल आउँदै नेप्से ४१.६७ अंकले बढेर २६६३.५४ विन्दुमा पुगेको हो । आज नेप्से १.५८ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर कारोबार भएको छ । यस्तै २२७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर छैन ।

    images
    images

    आज दिनभरमा ३०९ वटा कम्पनीको शेयर ५५ हजार ४४२ पटक किनबेच भएको छ । आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ५.०५ प्रतिशतले बढेर ४ हजार २६२.२८ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुलअ फण्ड समूह ०.४१ प्रतिशतले बढेर १९.१६ प्रतिशतमा पुगेको छ । 

    त्यस्तै, वाणिज्य बैंक समूह ०.९९ प्रतिशतले, विकास बैंक १.१८ प्रतिशतले, फाइनान्स १.४५ प्रतिशतले, होटल तथा पर्यटन ०.६५ प्रतिशतले, हाइड्रोपावर १.२१ प्रतिशतले, लगानी २.१६ प्रतिशतले, जीवन बीमा १.७९ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.०१ प्रतिशतले, लघुवित्त २.२८ प्रतिशतले, निर्जीवन बीमा ०.९५ प्रतिशतले र अन्य समूह १.६८ प्रतिशतले बढेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend