images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • बजारमा बढ्यो रायो सागको मूल्य, किलोको...

बजारमा बढ्यो रायो सागको मूल्य, किलोको कति ?

बजारमा बढ्यो रायो सागको मूल्य, किलोको कति ?

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । बजारमा रायो सागको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य सूची अनुसार आज रायो सागको थोक मूल्य बढेको हो ।

    images
    images

    बिहीबार कालीमाटी बजारमा रायो सागको प्रतिकिलो थोक मूल्य अधिकतम ९० रुपैयाँदेखि औसत ८५ रुपैयाँसम्म तोकिएको छ । बुधबार भने रायो साग प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भएको थियो । आज रायो सागको मूल्य १० रुपैयाँले बढेको हो ।

    एक साताअघि कालीमाटी बजारमा रायोको प्रतिकिलो थोक मूल्य ४० देखि ४५ रुपैयाँमा बिक्री भइरहेको थियो ।यस्तै बजारमा पालुंगो साग, चम्सुर साग र मेथीको साग प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भइरहेको छ । तोरी सागको मूल्य भने प्रतिकिलो ४५ रुपैयाँ कायम छ ।

    images
    images

    व्यवसायीका अनुसार अहिले बजारमा रायोको सागको आपूर्ति कम भएकाले मूल्य बढेको हो । रायोको सागको सिजन सकिन लागेकोले थोरै मात्रामा मात्रै साग बजारमा भित्रिएको उनीहरू बताउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend