images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • पशुपतिनाथमा प्रवेश गरी भिडियो बनाएको घटनामा...

पशुपतिनाथमा प्रवेश गरी भिडियो बनाएको घटनामा प्रियंका र ओसीम पक्राउ

पशुपतिनाथमा प्रवेश गरी भिडियो बनाएको घटनामा प्रियंका र ओसीम पक्राउ

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ ।  पशुपतिनाथको मुख्य मन्दिरमा प्रवेश गरी भिडियो बनाएको घटनामा जोडिएका इटहरीकी प्रियंका परियार र ओसीम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा इटहरीबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त, गौशाला पठाइएको छ।पशुपति मन्दिरमा गैरहिन्दु प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

    images
    images

    अन्सारी र परियारले प्रेम विवाह गरेका थिए । प्रेम विवाह गरेका उनीहरु केही दिनअघि पशुपतिनाथ मन्दिरमा गएर भिडियो बनाएका थिए । उक्त भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएको थियो। सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यस विषयले ठूलै चर्चा पायो। संसद बैठकमा समेत यस विषयले प्रवेश पायो। प्रतिनिधिसभा बैठकमा सांसद खुस्वु ओलीले यस घटनाबारे प्रश्न उठाएपछि सुरक्षा निकाय र प्रशासनले यसलाई गम्भीर रूपमा लिएको थियो। संसदमा नै प्रश्न उठेपछि पुशपति नाथ दर्शन गरेर घर आएका उनीहरुलाई पक्राउ गरिएको हो ।परियारले श्रीमान् अन्सारीलाई पशुपतिनाथ लगेको बताउँदै पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको उल्लेख गरेकी छन् । आफ्नो धार्मिक आस्थाको केन्द्रमा श्रीमानलाई सँगै लिएर जानुलाई अन्य उद्देश्यबाट नबुझ्नसमेत उनले प्रहरीसँग आग्रह गरेकी छन् । अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन् । उनी इटहरी–८ का स्थायी बासिन्दा हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend