images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • ब्रोकरलाई मर्जरमा जान बाटो खुल्यो, ब्रोकर...

ब्रोकरलाई मर्जरमा जान बाटो खुल्यो, ब्रोकर मर्जरसम्बन्धी निर्देशिका पारित

ब्रोकरलाई मर्जरमा जान बाटो खुल्यो, ब्रोकर मर्जरसम्बन्धी निर्देशिका पारित

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । ब्रोकर कम्पनीहरू मर्जर जाने बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को बुधबार बसेको बोर्ड बैठकले ब्रोकर मर्जरसम्बन्धी निर्देशिका पारित गरेको हो ।

    images
    images

    सेबोनले तयार पारेको ब्रोकरहरुका लागि मर्जर तथा प्राप्ति निर्देशिका पारित भइरहेको छ । अबको केही दिनमा निर्देशिका जारी हुन्छ । त्यसपछि ब्रोकर कम्पनीहरू मर्जर तथा प्राप्तिमा जान सक्छन्’, सेबोन स्रोतले भन्यो ।

    सेबोनले २०७९ सालमै नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना ब्रोकर कम्पनीहरूलाई तीन वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनको समय सीमा आउने असार मसान्तमा सकिँदै छ । चुक्ता पुँजी पुर्‍याउनका लागि अधिकांश ब्रोकर कम्पनीहरूले मर्जरको बाटो रोज्न खोजेको देखिन्छ ।

    images
    images

    सेबोनले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी नगर्दा कम्पनीहरू मर्जरमा जान सकेका थिएनन् । अब उक्त निर्देशिका कार्यान्वयनमा आएपछि उनीहरूले मर्जरको प्रक्रिया अगाडी बढाउने छन् । त्यसबाहेक ब्रोकर कम्पनीहरूले पुँजी पुर्‍याउनका लागि बोनस शेयर तथा हकप्रद जारी गर्न पाउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend