images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्से ३९.१३ अंकले बढ्यो, ४...

नेप्से ३९.१३ अंकले बढ्यो, ४ अर्ब २० करोडको कारोबार

नेप्से ३९.१३ अंकले बढ्यो, ४ अर्ब २० करोडको कारोबार

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । शेयर बजारमा सुधारको संकेत देखिएको छ । अघिल्लो दिन मंगलबार ५८ अंकले आरालो लागेको नेप्से बुधबार ४० अंक बढीले फर्किपछि बजारले सुधारको संकेत देखाएको विश्लेषण हुन थालेको छ । बुधबार नेप्से ३९.१३ अंकले बढेर २६२१.८६ बिन्दुमा पुगेको छ । 

    images
    images

    २ सय ३१ वटा कम्पनीको शेयर मूल्य बढ्दा बजारमा ४ अर्ब २० करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ । आज १२ कम्पनीको सेयर मूल्य भने घटेको छ । सबै समूहका सूचक बढेका छन् । 

    बुधबारको बजारमा अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    images
    images

    यस दिन माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.०९ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend