images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • शेयर बजार ५५.९० अङ्कले घट्यो, ५...

शेयर बजार ५५.९० अङ्कले घट्यो, ५ अर्ब १८ करोडको कारोबार

शेयर बजार ५५.९० अङ्कले घट्यो, ५ अर्ब १८ करोडको कारोबार

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । हिजो बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ९० अङ्कले घटेर २ हजार ५ सय ८४ दशमलव ८८ विन्दुमा झरेको छ ।

    images
    images

    आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र जलविद्युत् समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै होटल, बीमा, माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज नारायणी विकास बैंक समूहको शेयर झन्डै १० प्रतिशतले ओरालो लागेको छ । नेप्से उच्च अङ्कले घटेको दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंकको डिबेन्चर २०८६ भने साढे ४ प्रतिशतले बढेको छ ।

    images
    images

    आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ५ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend