images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • माछापुच्छ्रे क्यापिटलले सेबोनबाट पायो बिक्री प्रबन्धक...

माछापुच्छ्रे क्यापिटलले सेबोनबाट पायो बिक्री प्रबन्धक तथा सेयर रजिष्ट्रेशनको अनुमति

माछापुच्छ्रे क्यापिटलले सेबोनबाट पायो बिक्री प्रबन्धक तथा सेयर रजिष्ट्रेशनको अनुमति

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशनको अनुमति पाएको छ ।माछापुच्छ्रे क्यापिटलले चैत्र ११ गते नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रेशनको अनुमति पाएको छ ।

    images
    images

    अनुमति पाएसँगै माछापुच्छ्रे क्यापिटलले प्राथमिक सार्वजनिक निष्काशन आईपीओ हकप्रद सेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरुको निष्काशन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ ।कम्पनीले सेयर रजिष्ट्रारको रुपमा सेयरधनीहरुको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायतका थप सेवा प्रदान गर्न सक्नेछ ।

    क्यापिटल, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको इजाजत प्राप्त गरि सेवा प्रदान गरिरहेको छ र हालसालै क्यापिटलले सामूहिक लगानी कोष अन्तर्गत आफ्नो पहिलो बन्दमुखी योजना “एमबीएल इक्विटी फण्ड” पनि सार्वजनिक निष्काशन गरि सम्पूर्ण इकाइहरु पूर्ण बिक्री गर्न सफल भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend