images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • ३० अंकले बढ्यो नेप्से, चार अर्ब...

३० अंकले बढ्यो नेप्से, चार अर्ब ४८ करोडको कारोबार

३० अंकले बढ्यो नेप्से, चार अर्ब ४८ करोडको कारोबार

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३०.५२ अंकले बढेर २५४५.२० विन्दुमा बन्द भएको छ । यस दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । यस दिन चार अर्ब ४८ करोड ३५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

    images
    images

    आइतबार ६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ८३ करोड रुपैयाँले घटेको हो ।

    आज २१० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३३ कम्पनीको सेयर मूल्य घटेको छ । गार्डेन माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.२९ प्रतिशतले वृद्धि भएर दुई हजार २६१ रुपैयाँ कायम भएको छ । आज पोखरा फाइनान्सको सेयर मूल्य ७.४७ प्रतिशतले वृद्धि भएको छ ।

    images
    images

    आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.९२ प्रतिशतले घटेर ८०० रुपैयाँ कायम भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.०५ प्रतिशतले घटेर एक हजार ९१५ रुपैयाँ कायम भएको छ ।आज कारोबारमा आएका १३ वटै समूगत परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ३.७५ प्रतिशतले बढेको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend